🙏नमस्कार, 

हामीले बोलपत्रदाताहरुको लागि २०७१ सालदेखि नेपालमै पहिलो पटक टेण्डरसेवा सुचारु गरेका हौं, दैनिक पत्रिकामा बोलपत्रका सूचनाहरु खोजिरहँदा हिजोको दिनमा हाम्रा कयौ सूचनाहरु नभेटिने गर्थे, समय र प्रविधीसंगै हामीले पत्रिकामा प्रकाशित सूचनालाई सजिलैसँग मोबाईल, कम्प्युटर तथा ईमेलमा हेर्ने तरिकामा परिणत गर्यौ र आजसम्म त्यसको निरन्तरता कायमै छ, हालसम्म हाम्रो सेवाबाट सन्तुष्ट हुनु भएका ५००० हजार भन्दा माथिका हाम्रा लाभग्राहीलाई धेरै-धेरै धन्यवाद तथा आगामी दिनहरुमा पनि हाम्रो सेवालाई प्रयोग गरि निरन्तरता दिनुहुनेछ भनि हामीले आशा गरेका छौ ।

हामीले समय अनुरुप प्रविधी तथा कार्यशैलीलाई परिवर्तन गरिरहेका छौ र अब छिटै हाम्रो मोबाईल एप र वेभसाईटमा केहि नयाँ परिवर्तन तपाईले देख्न सक्नुहुनेछ । तपाईंका केहि जिज्ञासा भएमा कृपया हाम्रो तल दिएको Feedback लेखिएको बक्समा आफ्ना कुराहरु तथा नयाँ लाभग्राहीको सूचिमा समावेस हुनको लागि पनि लेखि पठाउन सक्नुहुनेछ । 

धन्यवाद l